काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालत पुगेका छन् । निर्वाचन खर्चको विवरण समयमै नबुझाउने स्थानीय तहका जनप्रतिनिधिबाट लाखौं रूपैया जरिवाना असुल्ने आयोगको निर्णयविरुद्ध रिट लिएर महानगर प्रमुख साह आज (मंगलबार) सर्वोच्च पुगेका हुन् । देशभर स्थानीय निर्वाचनमा भाग लिएकामध्ये १ लाख २३ हजार ६२४ उम्मेदवारले जरिवाना नतिरे ६ वर्षसम्म कुनै…