रुपन्देही । रुपन्देही–२ मा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि सत्तारुढ दलहरु अन्योलमा परेका छन् । बैंकिङ कसुरमा कालोसूचीमा परेको भन्दै निर्वाचन आयोगले गुरुङको उम्मेदवारी खारेज गरेपछि रुपन्देही–२ मा एमाले उपाध्यक्ष विष्णु पौडेलको प्रतिस्पर्धीको खोजीमा सत्तारुढ दलहरु जुटेका छन् । रुपन्देही– २ बाट पाँचौँ पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार…