काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग महाभियोग सिफारिस समितिले आज(आइतबार)सम्म ३५ प्रश्न सोधेको छ । उनलाई सोध्न तयार पारिएको ४३ मध्ये हालसम्म ३५ वटा प्रश्न सोधिएको समितिका सदस्य मीन विश्वकर्माले जानकारी दिए । उनका अनुसार आइतबार १२ देखि ३५ नम्बर प्रश्नको जवाफ जबराले दिएका छन् । समितिले आइतबार सर्वोच्च अदालतको भवन निर्माणमा भएको भ्रष्टाचारबारेको…