गोरखा । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आगामी प्रतिनिधिसभा निर्वाचनमा सबै दलको साझा उम्मेदवार बनेर गोरखा क्षेत्र नम्बर २ बाट चुनाव लड्ने चाहना रहेको बताएका छन् । गृहजिल्लामा शनिबार पत्रकारसँग कुराकानी गर्दै भट्टराईले पहिलेकै निर्वाचन क्षेत्र गोरखा २ बाट आगामी चुनावमा उम्मेदवार बन्ने घोषणा गरे । गठबन्धनबाट अन्तिम टुंगो लगाउन भने बाँकी रहेको उनले…