सरकारले ल्याएको नीति तथा कार्यक्रम हावादारी बनेको ठहर सहित प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले दुबै सदनमा भण्डाफोर गर्ने निर्णय गरेको छ। पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार ११ बजेदेखि ३ घण्टासम्म विज्ञ सहित बसेको काँग्रेस संसदीय दलको बैठकले, सरकारले ल्याएको नीति तथा कार्यक्रम हावादारी र पार्टीको घोषणापत्र जस्तो मात्रै भएको ठहर गरेको हो। नीति तथा कार्यक्रम…