नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातान्त्रिक अधिकार संकटमा पर्दै गएको बताएका छन् । रामेछापको मन्थली नगरपालिका ९ पुरानागाउँमा तत्कालीन माओवादीले हत्या गरेका कांग्रेस नेता टीकाराज आरणको अर्धकदको सालिक बिहीबार अनावरण गर्दै भने, ‘हामीले ७० वर्ष लडेर प्राप्त गरेको उपलब्धि गुम्ने डर छ ।’ सभापति देउवाले भने, ‘वर्तमान सरकारले दुई तिहाईको दम्भमा प्रजातान्त्रिक अधिकार…