Logo

प्रमुख समाचार

सरकारले दुई तिहाईको दम्भमा प्रजातान्त्रिक अधिकार विधेयकमार्फत खोस्न थालेको देउवाको आरोप



नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातान्त्रिक अधिकार संकटमा पर्दै गएको बताएका छन् ।
रामेछापको मन्थली नगरपालिका ९ पुरानागाउँमा तत्कालीन माओवादीले हत्या गरेका कांग्रेस नेता टीकाराज आरणको अर्धकदको सालिक बिहीबार अनावरण गर्दै भने, ‘हामीले ७० वर्ष लडेर प्राप्त गरेको उपलब्धि गुम्ने डर छ ।’

सभापति देउवाले भने, ‘वर्तमान सरकारले दुई तिहाईको दम्भमा प्रजातान्त्रिक अधिकार विधेयकमार्फत खोस्न प्रपञ्च गरिरहेको छ ।’उनले संविधानमार्फत प्राप्त प्राप्त अधिकार रक्षाका लागि जस्तो सुकै लडाइँ र त्याग गर्न कांग्रेस तयार रहेको बताए ।

सभापति देउवाले सहिदको सपना कांग्रेसले पूरा गर्ने बताए । कांग्रेस नेता आरणलाई २०५७ साल फागुन १६ गते घरबाटै अपहरण गरी गोली हानी हत्या गरिएको थियो ।सहिद टीकाराज आरण स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा कांग्रेसका जिल्ला नेताहरुले स्व। आरणले स्थानीय बासिन्दाहरुको लागि धेरै विकासका क्रियाकलाप सञ्चालन गरेको स्मरण गरे ।

प्रकाशित मिति : फाल्गुन १७, २०७५ शुक्रबार  ३ : १३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।