Logo

राजनीति

तराईका चिया पसलका कांग्रेस वरिष्ठ नेता सहित शिर्ष नेता, के गर्दै छन् ?



नेपाली कांग्रेसका शिर्ष नेतााहरु यतिबेला तराई झरेका छन् । नेताहरु तरार्यका सामान्य स्तरका चिया पसलहरुमा भेटिन थाालेका छन् । जसमा वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरु रहेका छन् ।

नेता पाौडेलको साथमा केन्द्रिय स्तरमा अन्य शिर्ष नेताहरु पनि छन् । उनीहरुले कार्यकर्ताहरूसँग भेटघाटका लागि त्यहाँ पुगेको जनाएका छन् ।

मंगलबार रौतहट पुगेका पौडेलसहितका नेताहरूले जिल्लाका नेता तथा कार्यकर्ताहरूसँग मुलुकको राजनीति, संगठन निर्माण, कांग्रेसको आन्तरिक विषयमा कुराकानी गरेका हुन् ।

महामन्त्री डा. शशांक कोइरालाले पनि स्थानीय नेता तथा कार्यकर्ताहरूसँग पार्टीका विषयमा जानकारी लिएका थिए ।

रौतहटका स्थानीय नेता तथा कार्यकर्ताहरूलाई संगठन सुदृढीकरणमा नेता पौडेलले निर्देशन दिएका छन् । ‘कम्युनिस्ट सरकार दुई तिहाइको बहुमतको दम्भले आँखा नदेख्ने भएको छ । अन्धकारमा छ’, पौडेलले नेता तथा कार्यकर्ताहरूलाई दिएको निर्देशन उदृत गर्दै नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाही भने, ‘एक पटक फेरि कम्युनिस्टहरूको अधिनायकवादविरुद्ध संघर्ष गर्नुपर्ने बेला आएको छ ।’

नेता पौडेलले कांग्रेसभित्र केही समस्या र विवादहरू देखिएको भन्दै त्यसलाई छिटो समाधान गरिने बताए । उनले भने, ‘पार्टीभित्र केही समस्या छ । त्यसलाई सभापतिजीले समाधान गर्न पहल गर्नुपर्छ । मेरो तर्फबाट सधै सहयोग रहन्छ ।’

नेपाली कांग्रेसका नेता एवम् सांसद मोहम्मद अफताब आलमका छोराको बुधबार सम्पन्न विवाहमा सरिक हुन नेता पौडेल, महामन्त्री डा।शशांक कोइराला, केन्द्रीय सदस्य एवम् राष्ट्रिय सभाकी मुख्य सचेतक सरिता प्रसाइँ, केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डिना’, रौतहटका सांसद देवीप्रसाद तिमिल्सिना, नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाही, नेविसंघका पूर्वमहामन्त्री मनोजमणि आचार्य, प्रतिमा गौतम, कांग्रेसका युवा नेता प्रमोदहरि गुरागाइँसहितका नेताहरू रौतहट आएका थिए ।

कांग्रेसका नेता पौडेलसहितका नेताहरूले चुन्द्रनिगाहपरको एउटा स्थानीय चियापसल ९होटेल०मा बिहीबार बसेर चिया पिएका थिए । गाउँका सामान्य कार्यकर्ताको मनोवल उच्च बनाउन सामान्य चियापसलमा बसेर चिया पिएको रौतहट कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : फाल्गुन १६, २०७५ बिहीबार  १२ : १२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।