प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारविरुद्ध काठमाण्डुमा प्रर्दशन गरेको छ ।सरकारले सर्वसत्तावाद र अधिनायकवादी चरित्र देखाएको भन्दै त्यसविरुद्ध आन्दोलन गर्न नागरिकलाई आह्वान गर्दै नेपाली कांग्रेसले सोमबार काठमाण्डुमा र्यालीसहितको विरोध प्रर्दशन गरेको हो । काठमाण्डुको रत्नपार्कस्थित शान्ति वाटिकाबाट सुरु भएको कांग्रेसको विरोध प्रर्दशन बागबजार, पुतलीसडक, प्रर्दशनीमार्ग, शहीदगेट, न्यूरोडगेट, वीर अस्पताल हुँदै पुनः रत्नपार्कमा आएर कोणसभामा परिणत…