काठमाडौं। घरजग्गा कारोबारमा आएको सुस्तताले समग्र अर्थतन्त्रमा असर परेको व्यवसायीहरूले बताएका छन्। नीतिगत जटिलता, बैंकिङ प्रक्रियाको झन्झट र सरकारी प्राथमिकतामा रियल स्टेट क्षेत्र नपर्दा व्यवसाय चलायमान हुन नसकेको उनीहरूको भनाइ छ। व्यवसायी दिपक मल्होत्राले रियल स्टेट क्षेत्रको गतिविधि घट्दा त्यसको प्रत्यक्ष असर निर्माण सामग्रीदेखि अन्य व्यावसायिक क्षेत्रमा परेको बताए। ‘रियल स्टेटमा आएको कमी कमजोरी अर्थात्…