काठमाडौं । त्रिभुवन विश्वविद्यालयका ४५ वटा आंगिक क्याम्पसमा स्ववियु निर्वाचनको मतदान भइरहेको छ । त्रिविका शिक्षाध्यक्ष प्राडा खड्ग केसीका अनुसार मतदान भइरहेका क्याम्पसमा शान्तिपूर्ण वातावरण छ । काठमडौंका थापाथली, पुल्चोक, मिनभवन, महाराजगन्ज, आयुर्वेद क्याम्पस, भक्तपुर बहुमुखी क्याम्पस लगायतमा मतदान भइरहेको छ । चुनावको अनुगमनमा राष्ट्रिय मानव अधिकार आयोग, नेपाल बार र पत्रकारहरूको टोली अनुगमनमा खटिएको…