Logo

प्रमुख समाचार

अब संघीयताकाे विकल्प छैन, मन परे पनि नपरे पनि के गर्ने ? : सभापति देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीयता अझै पनि कतिपयले स्वीकार नगरेको बताएका छन् ।

संघीयता कार्यान्वयनमा नेपाली कांग्रेसको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयतालाई प्रभावकारी ढंगले कार्यान्वयन गराउन केन्द्रित हुनुपर्ने बताए ।

उनले भने, ‘हामी संघीयतामा गइसकेका छौं । मन परे पनि नपरे पनि के गर्ने ? अब यसलाई प्रभावकारी बनाउन आवश्यक छ । संघीयता अझै कति मान्छेले स्वीकार गरेका छैनन् ।

कतिले मन नपरी नपरी पनि स्वीकारेका छन् । अब यसको विकल्प छैन । त्यसैले जनताप्रति उत्तरदायी भएर अगाडि बढाउन आवश्यक छ ।

उनले अहिलेको निर्वाचन प्रणालीअनुसार कसैको पनि बहुमत आउन सहज नभएकाले कसै न कसैसँग मिल्नुर्ने बताए ।

सभापति देउवाले पार्टीको १०० दिने अभियानले नेता कार्यकर्तामा उत्साह आएको भन्दै आगामी निर्वाचनमा एकल बहुमत ल्याउने प्रयासमा लाग्न निर्देशन दिए ।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार २१:२०   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।