काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाहीले षड्यन्त्र गरेर दरबार हत्या गर्दा सबभन्दा बढी फाइदा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भएको आरोप लगाएका छन् । उनले विदेशीको इसारामा प्रचण्ड र तत्कालीन सरकार मिलेर राजा वीरेन्द्रको वंशनाश गरेको बताएका हुन् । यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहमाथि २०५८ सालमा भएको दरबार हत्याकाण्डको मास्टरमाइन्ड भएको…