Logo

प्रमुख समाचार

प्रचण्डलाई ज्ञानेन्द्रको जवाफ : विदेशीसँग मिलेर वीरेन्द्रको वंशनाश गर्‍यौ !



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाहीले षड्यन्त्र गरेर दरबार हत्या गर्दा सबभन्दा बढी फाइदा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भएको आरोप लगाएका छन् ।

उनले विदेशीको इसारामा प्रचण्ड र तत्कालीन सरकार मिलेर राजा वीरेन्द्रको वंशनाश गरेको बताएका हुन् ।

यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहमाथि २०५८ सालमा भएको दरबार हत्याकाण्डको मास्टरमाइन्ड भएको तथा मूर्ति चोर भएको गम्भीर आरोप लगाएका थिए ।

भड्किला झूटा भाषण गर्दै हिँड्यौ भने नेपाली जनताले तपाईँलाई माफी नदिने बताउँदै उनले प्रचण्डलाई विदेशीको गुलाम नबनेर अब देशका लागि नवीनतम सम्झौतामा आउन आग्रह समेत गरेका छन् ।

फेसबुकमार्फत यस्तो छ शाहीको जवाफ :

प्रचण्डजी २०५२ सालमा राजा वीरेन्द्रका विरुद्धमा हतियार कसले उठायो तपाईँले उठायो? षड्यन्त्र गरेर दरबार हत्या गर्दा सबभन्दा बढी फाइदा कसलाई भो तपाईं लाई भयो ? जनताको सेन्टिमेन्ट कसले प्राप्त गर्‍यो तपाईँले प्राप्त गर्नु भयो ? राजसंस्थालाई नै फाल्नुपर्छ भनेर विदेशबाट M16, Ak 47, LMG, SmG, SLR जस्ता आधुनिक हतियार कसले लियो तपाईँले लिनुभयो ?  

मोबाइल फोन नभएको समयमा स्याटालाईट फोन युरोपियन युनियनले कसलाई बोक्न दियो ? तपाईँलाई। भारतमा लुकेर राजनीतिक रूपमा भड्काएर १७ हजार नेपाली निमुखा गरिबका छोराछोरी कसले मार्‍यो तपाईँले मार्‍यो ? निहत्था नागरिकलाई बाटो बाटोमा बम थाप्दै कसले हत्या गर्‍यो? तपाईँले गर्‍यो ।

विदेशीको इशारामा मन्दिरका, गुम्बाका पुजारी, लामालाई कसले घाँटी रेट्यो ? तपाईँले रेट्यो । ३३ किलो सुन तस्कर कसले गर्‍यो ? तपाईँले गर्‍यो । क्यान्टोनमेन्ट घोटाला कसले गर्‍यो ? तपाईँले गर्‍यो । सिधा भाषामा भन्दा विदेशीको इसारामा प्रचण्डजी तपाईं र तत्कालीन सरकार मिलेर राजा वीरेन्द्रको वंशनाश गर्‍यौ।

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार २१:३८   :  बजे

123
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।