काठमाडौं- इण्डियन प्रिमियर लिग (आइपिएल) को १७औं सिजनको मिनी अक्सन आज हुँदैछ। अक्सन दुबईमा दिउँसो १:१५ बजेदेखि सुरु हुनेछ। आइपिएलका १० फ्रेन्चाइजीले अक्सन सूचीबाट बढीमा ७७ खेलाडी अनुबन्ध गर्नेछन्। यसपटक अक्सनको सर्ट लिस्टमा कुल ३ सय ३३ खेलाडी रहेका छन्। अक्सनमा सबैभन्दा बढी रकम गुजरात टाइटन्ससँग रहेको छ। उसँग ३८ करोड १५ लाख भारु रहेको…