काठमाडौं । पहिलो संस्करणको नेपाल टी–२० लिग क्रिकेट प्रतियोगिताका क्रममा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा क्रिकेटरद्वय आदिल अन्सारी र मेहबुब आलम पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल र पूर्वराष्ट्रिय क्रिकेटर आलमलाई पक्राउ गरेको हो । सीआईबीको उच्च स्रोत अनुसार अन्य क्रिकेटर समेत पक्राउ पर्ने सम्भावना रहेको छ…