फ्रान्सका फुटबल हस्ती जिनेदिन जिदान पुनः स्पेनिस क्लब रियल मड्रिडका मुख्य प्रशिक्षक बनेका छन् । लगातार खराब प्रदर्शन गर्दै आएको रियाल मड्रिडले सान्टियागो सोलारीलाई बर्खास्त गर्दै जिदानलाई क्लबको जिम्मेवारी दिएको हो । रियालले सामाजिक सञ्जालबाट सोलारीलाई बर्खास्त गर्दै जिदानलाई नियुक्त गरेको जनाएको छ । जिदान क्लब छाडेको १० महिनापछि पुनः रियाल मड्रिड फर्किएका हुन् ।…