Logo

खेलकुद

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले लिए विकेट



आज नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टिमले इस्लामाबाद युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ । आज कराचीमा हुने पाकिस्तान प्रिमियर लिग (पीएसएल) अन्तर्गत सन्दीप लामिछानेको टोली लाहोर कलन्दर्सले इस्लामाबाद युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ ।टस जितेर क्लान्दरका कप्तान फकर जमानले पहिला बलिंग रोजेपछि इस्लामावादले पहिला ब्याटिंग गरिरहेको छ ।

खेलको पहिलो बलमै क्लान्दरका फास्ट बलर शाहिन शाह अफ्रीदीले इस्लामावादका न्यूजिल्याण्ड स्टार लुक रोञ्चीको विकेट लिएका छन् । त्यसपछि भने मैदानमा आएका फिल साल्टले लगातार चौका प्रहार गरिरहेका छन् । इस्लामावादले २ ओभरमा १ विकेट गुमाएर ३२ रन बनाएको छ ।नेपाली स्पीनर सन्दीपले पहिलो ओभरमै विकेट लिएका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार १८:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।