Logo

खेलकुद

युरोपा लिगका आठ खेलमा यस्तो आयो परिणाम



युएएफए युरोपा लिग फुटबलको प्रिक्वार्टरफाइनलका राउन्ड अफ सिक्सटिनका आठ वटै खेल बिहीबार राति भएका छन् ।
पहिलो लेगका खेलमा दुई खेल बराबरीमा सकिएका छन् भने बाँकी खेलमा जितहार भएको छ ।डाइनामो जाग्रेबले बेनेफिकालाई १–० ले हरायो । घरेलु मैदानमा डाइनामोलाई ब्रुनो पेट्कोभिक्ले पेनाल्टीमार्फत गोल गर्दै जिताए ।

आइन्ट्राच फ्रयांकफर्टले इन्टरमिलानसंग गोलरहित बराबरी खेल्यो । रेन्नेसले आर्सनललाई ३–१ ले हरायो । रेन्नेसको मैदानमा बेन्जामिन बोरिगेउड र इस्माइला सारले गोल गर्दै घरेलु टोलीलाई जिताए । नाचो मोन्रियलले आत्मघाती गोल गरेका थिए ।

कमजोर खेलेको आर्सनललाई एलेक्स आइवोबीले गोल गरे । सोक्राटिसले दोहोरो पहेंलो कार्ड खाँदै बाहिरिए । सेभियाले स्लाभिया प्रागसंग २–२ को बराबरी खेल्दा भिल्लारियलले जेनिट सेन्ट पिटर्सबर्गलाई ३–१ ले हरायो ।

चेल्सीले डाइनामो किभलाई ३–० ले हराउँदा नापोलीले साल्जबर्गलाई पनि सोही नतिजाले हरायो । भ्यालेन्सियाले क्रास्नोडारलाई २–१ ले पराजित गर्यो । दोस्रो लेगका खेलहरु १४ मार्च राति हुनेछन् ।

प्रकाशित मिति : फाल्गुन २४, २०७५ शुक्रबार  ४ : ०३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।