स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले रायो भालेकानोलाई ३-१ गोल अन्तरले हराएको हो ।घरेलु मैदानमा सुरुवाती अग्रता उल्टाएर बार्सिलोनाले सहज जित निकालेको हो । बार्सिलोनाको जितमा जेराड पीके,लियोनल मेस्सी र लुइस स्वारेजले एक एक गोल गरे ।
भालेकानोका राउल डी टोमसले एक गोल गरे ।खेलमा भालेकानोले २४ औं मिनेटमा टोमसको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । तर, ३८ औं मिनेटमा पीकेले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काएका थिए ।
पहिलो हाफ १(१ गोलको बराबरीमा सकिएको खेलको ५१ औं मिनेटमा मेस्सीले पेनाल्टीमा गोल गर्दै घरेलु टोलिलाई २(१ को अग्रता दिलाए । त्यसपछि खेलको ८२ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई ३(१ को जित पक्का गरे ।
जितसंगै बार्सिलोनाले लिगमा ७ अंकको अग्रता कायम गरेको छ । बार्सिलोनाले २७ खेलबाट ६३ अंक जोडेको छ । र, बार्सिलोनाले उपाधि जित्ने सम्भावना बलियो बनाएको छ ।दोस्रो स्थानको एट्लेटिको मड्रिडको ५६ अंक छ । शनिबार राति एट्लेटिकोले लेगानेसलाई १-० गोल अन्तरले पराजित गरेको थियो ।



















प्रतिक्रिया