Logo

खेलकुद

आर्मी झापा गोल्डकपको फाइनलमा



विभागीय क्लब त्रिभुवन आर्मी झापा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शनिबार झापाको डोमालाल राजवंशी रंगशालामा दोस्रो सेमिफाइनलमा क्यामरुनको दाउफिन्सलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

अब उपाधिका लागि आर्मी र घरेलु टोली झापा ११ले सोमबार प्रतिस्पर्धा गर्ने छन् । शनिबार भएको खेलमा आर्मीलाई उपहार गोलले फाइनलमा पुर्याएको हो । २३ औं मिनेटमा दाउफिन्सका सिलु मार्टिन्सले आत्मघाति गोल गरेका थिए । उक्त उपहार गोलनै आर्मीलाई फाइनलमा पुर्याउन पर्याप्त बन्यो ।

आर्मीका भरत खवासले प्रहार गरेको बल सिलु मार्टिन्सले नियन्त्रणमा लिन खोज्दा आफ्नै पोस्टमा गोल भएको थियो । १–० गोलले पछि परेको दाउफिन्सले दोस्रो हाफमा आक्रामक खेल खेलेपनि सबै प्रयास आर्मीका गोल रक्षक विकेश कुथुले विफल बनाएका थिए ।

झापा गोल्डकपको उपाधि विजेताले १२ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् । आर्मी र झापा ११ गत संस्करणमा पनि भिडेका थिए । जसमा घरेलु टोलीलाई निराश बनाउँदै आर्मीले उपाधि जितेको थियो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार १४:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।