सुर्खेत । कर्णाली प्रदेश सरकारले जलविद्युत आयोजनामा शेयर लगानी गर्ने नीति सार्वजनिक गरेको छ । मंगलबार प्रस्तुत नीति तथा कार्यक्रममार्फत विद्युत उत्पादनलाई प्रोत्साहन गर्न प्रदेश सरकारले सेयर बजारमा शेयर लगानी गर्न लागेको हो । ‘कर्णाली प्रदेशमा निर्माण हुने जगदुल्ला जलविद्युत आयोजनालगायतका ठूल्ठूला जलविद्युत आयोजनामा प्रदेश सरकारको तफवाट शेयर लगानी गरिनेछ,’ कर्णाली सरकारको नीति तथा कार्यक्रममा…