सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले आज कर्णाली प्रदेशसभाको दसौँ अधिवेशनको आठौँ बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
प्रदेश प्रमुख परियारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योजनाले अङ्गीकार गरेको ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’को दीर्घकालीन सोचअनुरूप समावेशी आर्थिक, सामाजिक रूपान्तरण एवं गरिबी निवारणतर्फ प्रस्तुत नीति तथा कार्यक्रम परिलक्षित रहेको छ।
कर्णाली विकासको प्रमुख आधार ‘६ ब’ अर्थात् बाटो, बिजुली, बजार, वन, व्यवस्थापन र विचारः यसमा हामी सबैको सहकार्य र सरोकार’को मूल उद्देश्य लिई विगत वर्षका सफल नीति तथा कार्यक्रमलाई निरन्तरता दिइने गरी नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ।




















प्रतिक्रिया