Logo

कर्णाली प्रदेश

दैलेखको आठबिस नगरमा एमालेका प्रमुख र उपप्रमुख विजयी



दैलेख । आठबिस नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ । एमालेबाट प्रमुखमा तर्कबहादुर बडुवाल विजयी हुनुभयो भने उपप्रमुखमा कल्पनाकुमारी थापा विजयी भए ।

कांग्रेसका उम्मेदवार प्रेमप्रकाश शाहीलाई २६१ मतान्तरले हराउँदै बडुवाल विजयी हुनुभएको आठबिस नगरपालिकाका निर्वाचन अधिकृत ओमबहादुर अधिकारीले जानकारी दिए । उनका अनुसार बहुमत वडासहित विजयी बडुवालले पाँच हजार ३२७ मत ल्याए । पराजित शाहीले पाँच हजार ६६ मत मात्रै पाए ।

यस्तै उपप्रमुखमा एक हजार ४८ मतान्तरले एमालेकी थापा विजयी भइन् । कांग्रेसकी उम्मेदवार निशा थापाले चार हजार ९६५ मत ल्याएर पराजित हुँदा थापाले पाँच हजार ११३ मत ल्याएर विजयी भइन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार २०:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।