काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आधारक्षेत्र मानिएको कर्णली प्रदेशमा बुधबारदेखि नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने भएको छ । पूर्व सहमति बमोजिम यस अघिका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार राजीनामा दिएपछि कांग्रेस प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो । अघिल्लो दिन महेन्द्रले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले सरकारको नेतृत्व…