Logo

कर्णाली प्रदेश

कर्णालीमा कांग्रेस नेतृत्वको सरकार, जीवनबहादुर शाही नयाँ मुख्यमन्त्री



काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आधारक्षेत्र मानिएको कर्णली प्रदेशमा बुधबारदेखि नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने भएको छ । पूर्व सहमति बमोजिम यस अघिका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार राजीनामा दिएपछि कांग्रेस प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो ।

अघिल्लो दिन महेन्द्रले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले सरकारको नेतृत्व दाबी गर्न दलहरुलाई मंगलबार साँझसम्मको समय दिएका थिए । प्रदेश प्रमुख कलौनीले दिएको समयसीमाभित्रै जीवनबहादुरले दाबी पेश गरेपछि उनी बुधबार मुख्यमन्त्री बन्न लागेका हुन् ।

जीवनबहादुरले माओवादी केन्द्रबाट १२, कांग्रेसबाट ६, र एकीकृत समाजवादीबाट तीन जना गरी २१ सांसदको बहुमत हस्ताक्षरसहित मुख्यमन्त्रीको दाबी पेश गर्न शाही प्रदेश प्रमुखको कार्यालय कार्यालय पुगेका थिए ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलवार १८:५४   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।