सुर्खेत । कर्णाली प्रदेशका नेकपा (माओवादी केन्द्र)का प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिएका छन् । सत्ता साझेदार नेपाली कांग्रेससँग भएको आलोपालो सरकार चलाउने सहमति अनुसार मुख्यमन्त्री शाहीले सोमबार राजीनामा दिएका हुन् । कर्णालीवासीको नाममा सम्बोधन गर्दै शाहीले मुख्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरे ।
कांग्रेस माओवादीबीच पहिलो ६ महिना शाही र बाँकी समय कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने समझदारी बनेको थियो । उनले नयाँ सरकारलाई आफ्नो र पार्टीको पूर्ण समर्थन रहेको बताए । संबोधनका क्रममा शाहीले सरकारले गरेका कामको लामो फेहरिस्त प्रस्तुत गरे ।




















प्रतिक्रिया