पानीको निकास हुन नसक्दा नेपालगञ्ज डुबानमा परेको छ । बागेश्वरी मन्दिर भएर बग्ने नाला तथा सदरलाइन हुँदै भेरी प्राविधिक शिक्षालय भएर बग्ने मुख्य नाला थुनिँदा जनस्वास्थ्य कार्यालय पछाडिको बस्ती डुबानमा परेको छ । ढल तथा नालाको निकास थुनिँदा नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न वडा डुबानमा परेका छन् । ठेकेदारले अधुरै छाडेपछि नालामा घाँस उम्रिएर निकास थुनिएको हो…