Logo

गाडीमा ढुङ्गा प्रहार, जनकपुर तनावग्रस्त

२ नम्बर प्रदेशको राजधानी यतिबेला तनाबग्रस्त छ । रामचोकमा होली खेलिरहेका युवाहरुको समूहलाई प्रहरीको भ्यानले ठक्कर दिँदा एकजना गम्भीर घाइते भएका छन् । होली खेलिरहेका युवाहरुलाई प्रहरीको भ्यानले ठक्कर दिएपछि युवाहरुले गाडीमा ढुङ्गा प्रहार गरेका छन् । अहिले रामचोकको स्थिति तनावग्रस्त रहेको प्रहरीले जनाएको छ ।