संघ सरकारले ल्याएको बजेटलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अपमानजनक भएको प्रतिक्रिया दिएका छन् । संघ र प्रदेश दुवै ठाउँमा नेकपाको एकल बहुमतको सरकार छ । तर, संघ सरकारले ल्याएको बजेटप्रति भने मुख्यमन्त्री गुरुङ सन्तुष्ट छैनन् । फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार, भनेजस्तो नेपाल सरकारको तर्फबाट बजेट ठिक होला तर प्रदेशको आँखाबाट…