प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्र्तगत राप्ती नगरपालिकामा १७ सय १८ जनाले आफू बेरोजगार रहेको भन्दै फारम भरेका छन् । सरकारले बेरोजगारलाई भत्ता दिने जनाएसँगै वडा कार्यालयमा फारम भर्ने व्यवस्था मिलाइएको छ ।
अहिलेसम्म राप्ती नगरपालिकामा १७ सय १८ जनाले रोजगार पाउ भनि फारम भरेको रोजगार संयोजक दिनेश जोशीले जानकारी दिए । चैत्र मसान्तसम्म मात्र समय तोकिएको भएपनि बैशाख मसान्तसम्म फारम भर्न सकिने संयोजक जोशीले बताए । फारम भर्न चाहानेले सम्बन्धित वडामा गएर भर्न सकिने छ । १८ बर्ष भन्दा माथि २४ बर्ष उमेर समूहका युवाहरुले बढि मात्रामा फारम भरेको र यो फारम भर्नेको संख्या बैशाख मसान्तसम्म रहेको उनले बताए ।
फारम भरेका अधिकाशंले कहिलेबाट काम पाईन्छ ? कस्तो काम पाइन्छ ? लगायतका बिषय बस्तुमा उत्सुकता देखाएको जोशीको भनाई रहेको छ । राप्ती नगरपालिकाका नगर प्रमुख प्रभा बरालले यो कार्यक्रमले प्रभावकारी रुपमा सञ्चालन हुने भएकाले बेरोजगार युवाहरुले रोजगार फारम भर्न आग्रह समेत गरिन ।
















प्रतिक्रिया