Logo

बागमती प्रदेश

रामेछापमा प्याराग्लाइडिङ सञ्चालनमा आउँदै



रामेछाप जिल्लाको सुनापती गाउँपालिकामा अवस्थित सुनापती मन्दिरले चर्चित डाँडामा प्याराग्लाइडिङ सञ्चालनमा आउने भएको छ । पर्यटकी क्षेत्र सुनापती डाँडाबाट प्याराग्लाइडिङ उडान गर्नको लागि यस अघि नै सम्भाव्यता अध्ययनको काम सम्पन्न भइसकेको छ ।समुन्द्री सतहबाट २३ सय मिटर उचाइमा रहेको सुनापती डाँडालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने नीति अनुसार प्याराग्लाइडिङ उडान गर्न लागिएको सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले बताएका छन् । सुनापती गाउँपालिकाको सुनापती डाँडाबाट यही जेठ ११ र १२ गते परीक्षण उडान गरेर नियमित रुपमा सञ्चालन गरिने भएको छ ।
तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलको पहलमा यस बर्ष प्याराग्लाइडिङ उडान गर्नको लागि सम्भाव्यताको अध्ययनको काम सम्पन्न भएकाले यस क्षेत्रलाई देशकै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना अगाडि सारिएको बताए ।
काठमाडौंबाट करिब एक सय वीस किलोमिटर दुरीमा रहेको सुनापती डाँडामा पुग्न चार घण्टा लाग्छ । सुनापती डाँडाबाट दोलखाको गौरीशकंर हिमाल, सैलुङ क्षेत्र, ऐतिहासिक सिन्धुलीगढी सहजै देख्न सकिन्छ । त्यसैले प्याराग्लाइडिङका लागि यो गन्तव्य उपयुक्त हुन सक्छ । सुनापती डाँडाबाट उडान हुने प्याराग्लाइडिङ सुनकोसी नदी किनारसँगै रहेको सिन्दुरेटारमा अवतरण हुनेछ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७६, बिहीबार ०७:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।