धनगढी । सुदूरपश्चिममा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको अवरोधका कारण बजेट पेश गर्नका लागि बोलाइएको प्रदेशसभा बैठक स्थगित भएको छ । सुदूरपश्चिम सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को बजेट सोमबार प्रस्तुत गर्दै थियो । सोही प्रयोजनका लागि बोलाइएको बैठक माओवादी र एकीकृत समाजवादीले अवरोध गरेको हो । बैठकमा माओवादी संसदीय दलका उपनेता अक्कलबहादुर रावलले…