Logo

अर्थ

सुदूरपश्चिममा बजेट पेश गर्न माओवादी र एकीकृत समाजवादीको अवरोध



धनगढी । सुदूरपश्चिममा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको अवरोधका कारण बजेट पेश गर्नका लागि बोलाइएको प्रदेशसभा बैठक स्थगित भएको छ ।

सुदूरपश्चिम सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को बजेट सोमबार प्रस्तुत गर्दै थियो । सोही प्रयोजनका लागि बोलाइएको बैठक माओवादी र एकीकृत समाजवादीले अवरोध गरेको हो ।

बैठकमा माओवादी संसदीय दलका उपनेता अक्कलबहादुर रावलले संविधान अनुसार प्रदेश सरकारको बजेट १ असारमा ल्याउनुपर्ने बताए ।

माओवादी र एकीकृत समाजवादीका सांसदहरुले अवरोध जारी राखेपछि सभामुख भीमबहादुर भण्डारीले प्रदेशसभा बैठक २० मिनेटका लागि स्थगित गरेका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार १६:५२   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।