Logo

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले दिए राजीनामा

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पदबाट राजीनामा दिएका छन् । उनले प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन् । आज बैठकमा उनले विश्वासको मत लिने कार्यसूची थियो । तर, उनले विश्वासको मत नलिई राजीनामा दिए । उनी ०८१ वैशाख ६ गते मुख्यमन्त्री बनेका थिए ।