Logo

प्रदेश

सुदूरपश्चिमका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने



धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर साेडारीले शुक्रबार विश्वासको मत लिने भएका छन् । बुधबार प्रदेशसभा सचिवालयलाई पत्र पठाएर मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन बैठक व्यवस्थापन पनि गरिदिन आग्रह गरेका छन् ।

मुख्यमन्त्रीकाे आग्रहपछि सभामुख भीमबहादुर भण्डारीले शुक्रबार दिउँसो ४ बजेका लागि प्रदेश सभाकाे बैठक बाेलाएका प्रदेश सभाका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए ।

राजनीतिक समीकरण फेरिएर एमालेले २० असारमा समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री साेडारीले संविधान अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । एमाले र कांग्रेसकाे गठबन्धन बनेपछि साेडारी अल्पमतमा परेका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार १४:५७   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।