धनगढी । सुदूरपश्चिमको मुख्यमन्त्रीमा पुनः कमलबहादुर शाह दोहोरिने भएका छन् । नेपाली कांग्रेस संसदीय दलको अहिले बसेको बैठकले सुदूरपश्चिमको मुख्यमन्त्रीमा शाहलाई बनाउने निर्णय गरेको हो ।
शाहले आजै मुख्यमन्त्रीमा दाबी पेश गर्ने निर्णय पनि बैठकले गरेको छ ।
सुदूरपश्चिम मुख्यमन्त्री दीर्घ सोडारीले पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ ।
कांग्रेस, नेकपा (एमाले) र नागरिक उन्मुक्ति पार्टी मिलेर सुदूरपश्चिममा कांग्रेसका शाह नेतृत्वमा सरकार गठनको तयारी गरेका छन् ।
प्रदेश प्रमुख नाजिर मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नका लागि दाबी पेस गर्न आह्वान गरेको थिए ।
५२ सदस्यीय सुदूरपश्चिम प्रदेशमा कांग्रेसको १८, एमालेको १० र नाउपाका ७ सांसद रहेका छन् ।





















प्रतिक्रिया