Logo

प्रमुख समाचार

सुदूरपश्चिममा नाउपाका लक्ष्मणकिशोर चौधरी मन्त्री बन्दै



काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेश सरकारमा लक्ष्मणकिशोर चौधरीलाई पठाउने भएको छ । सोमबार बसेको संसदीय दलले सरकारमा पठाउने निर्णय गरेको संसदीय दलका नेता घनश्याम चौधरीले जानकारी दिए ।

उनका अनुसार लक्ष्मणकिशोरले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सम्हाल्नेछन् ।

उनी दीर्घ सोडारी नेतृत्वको सरकारमा सामाजिक विकासमन्त्री थिए । मुख्यमन्त्री नियुक्त भएका कमलबहादुर शाहले दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार १३:५५   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।