देशभरका उखु किसानहरुले आफ्नो बक्यौता नपाएको भन्दै सिंहदरवार अगाडि धर्ना दिएको एक साता बितिसक्दा पनि सरकारले किसानलाई भुक्तानी दिलाउन सकेको छैन । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले किसानको बक्यौता भुक्तानी नगर्ने उद्यमीलाई पक्राउ गरेर भए पनि भुक्तानी गराएरै छाड्ने प्रतिवद्धता जनाउन छाडेका छैनन । उखु किसानको दुःख कहिले हट्ला रु किसानहरु निकै चिन्तित…