लोकतान्त्रिक शासन व्यवस्थामा न्यायपालिका राज्यको स्वतन्त्र, निष्पक्ष र जनविश्वासको अन्तिम आधार हो। कार्यपालिका वा व्यवस्थापिकाबाट न्यायको अपेक्षा पूरा नभएको अवस्थामा नागरिकले अन्तिम आशा अदालतमै राख्छन्। त्यसैले न्यायपालिकाको गरिमा कुनै एउटा संस्थाको मात्र विषय होइन, लोकतन्त्र, संविधान र विधिको शासनको मेरुदण्ड हो। तर पछिल्ला वर्षहरूमा न्यायपालिकामाथि उठेका प्रश्नले नागरिकको विश्वासलाई चुनौती दिएका छन्। न्यायाधीश नियुक्तिको प्रक्रिया,…