काठमाडौं । शक्ति केन्द्रको संरक्षणमा पटक–पटक शंकास्पद रुपमा विदेशी मुद्रा नेपाल भित्र्याएका अछाम बन्निगढीका पृथ्वीबहादुर शाह अहिले प्रहरी हिरासतमा छन् । नेपालमा कम्पनी खडा गरेर करोडौं शंकास्पद रकम भित्र्याएका उनलाई शुक्रबार (पौष २२ गते) पक्राउ गरेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबीं)ले अनुसन्धान थालिसकेको छ । अनुसन्धानमा उनीसहित उनका साझेदार र सहयोग पनि छन् ।…