वीरगञ्जको कोरोना अस्पातालमा ६५ वर्षीय वृद्धको मृत्यु भएको छ । आरडिटी पाोजेटिभ देखा परेका नारायणी अस्पताल अन्तर्गतको गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा वीरगञ्ज आदर्शनगरका ६५ वर्षीय वृद्धको आइतबार बिहान उपचारको क्रममा ज्यान गएको हो।
उनलाई शनिबार नारायणी अस्पतालमा कोरोना परीक्षण गर्न लगिएको थियो । उनको पीसीआर परीक्षणको रिपोर्ट आइनसकेको अस्पतालले जनाएको छ । गण्डक अस्पतालमा उपचारका क्रममा राति ११ बजेतिर स्थिति गम्भिर भएपछि भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।मधुमेह र मुटुरोगी उनलाई केही दिनदेखि स्वास्थ्यमा समस्या देखा परेका उनको आइतबार बिहान मृत्यु भएको गण्डक अस्पतालका संयोजक डा. उदयनारायण सिंहले जानकारी दिए ।




















प्रतिक्रिया