Logo

समाचार

बिना पास सिंहदबार छिर्न खोज्ने इनफ इन इनफका पाँच जना पक्राउ



इनफ इज इनफ अभियानका पाँच जना पक्राउ परेका छन । बिना पास सिंहदरबार छिर्न खोज्दा प्रहरीले उनीहरुलाई सिंहदबारको दक्षिणी गेटबाट पकक्राउ गरेको हो । कोरोना महामारीको अवस्थामा स्वास्थ्य साामग्री खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्दै सरकार विरुद्ध विरोधमा उत्रेका उनीहरुलाई प्रहरीले पक्राउ गरि महानगरीय प्रहरी बृत्त सिंहदरबारमा राखिएको छ ।

इनफ इज इनफ अभियानका युवाहरु १२ दिनदेखि कोभिड(१९ रोकथाम तथा नियन्त्रणका लागि आरडीटी परीक्षण खारेज गर्न र पीसीआर परीक्षण गर्न माग गर्दै खाना पानी नखाइ सत्याग्रह बसेका छन् ।युवाहरुले अघिल्लो पटक गरेको अनसनका बेला सरकारले जे सम्झौता गरेको थियो ती सम्झौतालाई पुरा नगरेको भन्दै उनीहरु सत्याग्रह सहित विरोधमाा उत्रेका हुन ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार १३:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।