Logo

राजनीति

आसन्न १४ औं महाधिवेशनमा सह-महामन्त्रीमा लड्छु: रामहरि खतिवडा



प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति तय भएसँगै कांग्रेसका नेता तथा कार्यकर्ताहरु यति बेला निर्वाचनको तयारीमा होमिदै छन् । महााधिवेशन आउन सात महिना अगावै कांग्रेसका विभिन्न नेता तथा कार्यकर्ताले आफूलाई सुरक्षित गर्न कुटनीतिक रुपमा लागि रहेका छन् ।

कांग्रेस भित्र विशेष गरि तीनवटा गूट प्रष्ट देखा परेका छन् । जस मध्ये शेर बहादुर देउवा, रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला रहेका छन् । कांग्रेस सभापति समेत रहेका देउवा पून सभापतिमा दोहोरिन चाहिरहेका देखिन्छन् भने वरिष्ठ नेता पौडेल र सिटौला देउवालाई उछिन्ने दाउमा रहेका छन् । कांग्रेस भित्रको अस्वस्थ प्रतिस्पर्धा अन्त्य गर्नका लागि सभापति देउवाले आगामी पार्टी महाधिवेशन केन्द्रित क्रियाकलापमा अग्रसर रहेका छन् । उनले कांग्रेसमा रिक्त विभिन्न विभाग, भातृसंगठन लगायतका क्षेत्रमा आफू निकट व्यक्तिहरुलाई मनोनयन गरिरहेका छन् । सोहि विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विरोध जनाएका छन् । महाधिवेशनन भाड्न खोजेको आरोप लगाउँदै देउवालाई लिखित रुपमा असहमति पत्र समेत थमाएका छन् । आफू शक्तिमा रहिरहने दाउका कारण बाह्य पार्टीका नेता तथा कार्यकर्तालाई पाार्टी प्रवेश गराएको भन्दै आलोचना सहित आक्रोश व्यक्त गरेका छन् ।

महाधिवेशन नजिकिँदै जाँदा नेता तथा कार्यकर्ताहरु गुटगत अभिव्यक्ति दिदै आइरहेका छन्। सोहि अवसरमाा पूर्व सांसद रामहरि खतिवडाले आफू आगामी महाधिवेशनमा सहमामन्त्रीको उम्मेद्वारी दिने घोषणा गरेका छन् । अनलाइनपाना डटकमसँग कुरा गर्दै पूर्व सांसद खतिवडाले यो महिनाभरी सक्रिय सदस्यताा वितरण गर्न लागेको बताए । उनले लकडाउनलाई मध्यनजर गर्दै पार्टीका क्रियाशिल सदस्यता वितरण गर्न लागि परेको बताए । साथै कांग्रेस भित्रको अस्वस्थ राजनीति र विवादलाई अन्त्य गर्नको लागि आसन्न १४ औं महाधिवेशनमा सह-महामन्त्री पदमा लड्नने तयारी रहेको बताए ।

सभापति शेर बहादुर देउवा निकट नेता खतिवडा यस २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा ओखलढुंगामा एमाले उम्मेवार यज्ञराज सुनुवार सँग ५ हजा भन्दा बढि मत अन्तरले पराजित भएका थिए । १३ औं महाधिवेशनमा कांग्रेसको केन्द्रीय सदस्यमा पराजित नेता खतिवडा तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईको संगतबाट राजनीति थालेको बताउँछन् । उनी ०४८ सालमा वलवहादुर राई मन्त्री बन्दा स्वकीय सचिव थिए । त्यसयता उनी जिल्लाबाट लगातार महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य रहँदै आएका छन् ।

सांसद नहुँदा पनि चर्चामा रहिरहने खतिवडा युवाहरुबीच लोकप्रिय नेताका रुपमा स्थापित छन् । ०७० सालको संविधानसभा निर्वाचनमा ओखलढुंगा २ बाट एमालेका नानीबाबु बुढाथोकीलाई करीव ५ हजार मतान्तरमा पराजित गर्दै खतिवडा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार १२:३६   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।