Logo

प्रमुख समाचार

काठमाडाैं उपत्यकामा ३० सहित २४६ जनामा कोरोना पुष्टि



विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका संक्रमितहरु बढ्दै गइरहेका छन् । पछिल्लो २४ घण्टामा नेपालमा थप २४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको । जस मध्ये ३० जना संक्रमित काठमाडाैं उपत्यका भित्रका रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार नेपालमा यो सँगै संक्रमितको कुल संख्या २०,३३२ पुगेको जानकारी दिएका छन् ।   त्यस्तै आइतबार थप १११ जना संक्रमितहरु उपचारपश्चात निको भई घर फर्किएका छन् । यो सँगै निको हुनेको कुल संख्या १४६०३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल सम्म कुल संक्रमित मध्ये ५६७२ सक्रिय संक्रमित रहेका छन् ।

पर्साा नगरपाालिका १६ कि ६१ वर्षीया महिलाको नारायणी काोभिड अस्पताल जाँदै गर्दा बाटैमै निधन भएको छ । यो सँगै निधन हुनेको संख्या ५७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आईतवार १६:३१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।