बिभिन्न बिरामीहरुबाट चर्को रकम असुल्ने र लापरबाहीपूर्ण तरिकाले उपचार गरेको कारण बिरामीको ज्यान नै तलमाथी हुने कारण बारम्बार बिवादमा आई रहने ग्रिनसिटी अस्पतालले बिचौलियाको रुपमा एम्बुलेन्स चालकलाई प्रयोग गरेको प्रमाणित भएको छ । मोटो रकम तिर्न सक्ने बिरामी देख्ने बितिकै जसरी पनि आफ्नो अस्पतालमा ल्याउँनु प्रति बिरामी २० हजार पाउँछौ भनेर अस्पतालका अध्यक्ष लोक बहादुर टण्डनले एम्बुलेन्सका चालकहरुलाई लोभ्याईएको बारे बयान दिदै बिचौलियाकै रुपमा प्रयोग भएका एम्बुलेन्स चालक सरोज पाण्डे अनलाइनपाना डटकमको स्टुडियोमै उपस्थित भएपछि यो कुराको थप पुष्टि भएको हो ।
अरु अस्पतालको एम्बुलेन्स चलाउँने भएतापनि एम्बुलेन्स चालकहरुलाई प्रलोभन दिएर अस्पतालले बिरामीको स्वास्थ्य र सम्पत्तिमाथी गम्भीर खेलवाड गरिरहेको कुरा चालक पाण्डेको कुराबाट प्रष्ट बुझ्न सकिन्छ । चालक पाण्डेले हालै अस्पतालसँगको बिवादमा रहेको कलाकार तथा पत्रकार देव लामालाई पनि अरु अस्पताल लैजान खोज्दा खोज्दै जबरजस्ती ग्रिनसिटीमा लागेको खुलाएका छन् । “धन देखे पछि महादेवको त तीन नेत्र बल्छ हामी त मान्छे, एकै बिरामीबाट त्यत्रो पैसा आउँने भएपछि बिरामीलाई किन अर्को अस्पताल लाने ?” अनलाइनपानासँग चालक पाण्डेले भने ।
पत्रकार तथा कलाकार देव लामाको पछिल्लो अवस्थाको बारेमा अनभिज्ञ रहेका पाण्डेले पछिल्लो अवस्था थाहा पाएपछि पछुतो भएको बताए । आफुले दर्जनौं बिरामी उक्त अस्पतालमा जबरजस्ती लगेको बताउँदै त्यस्तो कार्य गरेकोमा माफी समेत मागेका छन् ।
बाँकी यो भिडियोमा हेर्नुहोस् :
याे पनि
युनिटी लाईफको सामान कब्जा गरेर ग्रिनसिटी अस्पताल
ग्रिनसिटी अस्पताललाई कडा कारवाही गराई छाड्ने समितिका संयोजक खकुरेलको अठोट (भिडियो सहित)
ग्रिनसिटी अस्पतालको चरम ठगीको अर्को पर्दाफास, मानव मृत्युको कारखानामा किन जाने ? (भिडियो)
ग्रिनसिटी अस्पताल प्रकरण-बीचबाटो बाटै अपहरण हुन्छन् विरामी
ग्रिनसिटी ठगि प्रकरण- बिरामीलाई बिल नदिई मोटो रकम अशुलेको खुलासा




















प्रतिक्रिया