Logo

प्रमुख समाचार

लुम्बिनीमा झडपको खतरा, अवरोधकाबीच विश्वासको मत लिदै मुख्यमन्त्री के.सी.



लुम्बिनी प्रदेशसभामा सत्तापक्ष र प्रमुख प्रतिपक्षी सांसकाबीच झडपको स्थिती आएको छ । विपक्षीको अवरोधकैबीच प्रदेशसभा सचिवालयले मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची तय गरेपछि यो अवस्था देखिएको हो ।

मुख्यमन्त्री कुल प्रसाद केसीले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत लिन लागेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेश सभा सचिवालयले जारी गरेको कार्यसूचीमा संविधानको धारा १८८ को उपधारा १ र प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम मुख्यमन्त्रीले वक्तव्यसहित आफूमाथि प्रदेशसभामा विश्वासको मत छ भन्ने प्रस्ताव पेश गर्ने र सो प्रस्तावमाथि छलफल गरी सभामुखले निर्णयार्थ प्रस्तुत गर्ने उल्लेख गरिएको छ ।

बिहान बसेको बैठक एमालेका सांसदहरुले अवरुद्ध गरेको छ । सभामुख पूर्णबहादुर घर्तीले दिउँसो साढे २ बजेसम्म बैठक स्थगित गरेका थिए । त्यसपछि बसेको बैठकमा भने एमाले सांसदहरु सहभागी भएनन् ।

सो बैठकमा केही विधेयकहरु पेश गरी पुन बैठक साढे ३ बजेसम्मका लागि बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी विमला पौडेलले जानकारी दिइन् ।

सोही बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी भइरहेको उनले बताइन् । सांसदद्वय अजय शाही र विमला वली खत्रीलाई पदमुक्त गर्न माग गर्दै एमालेले प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार १६:४१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।