Logo

धर्म / संस्कृति

आज कसको भाग्य कस्तो ? हेरौं राशिफल



मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ । शुभचिन्तकहरूले साथ दिए पनि परिस्थितिले अलमल्याउन सक्छ । द्वितीय प्रहरदेखि स्थिति अनुकूल बन्नेछ र विशेष जिम्मेवारी प्राप्त हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । सानो प्रयत्नले धेरैको भलाइ गर्न सकिनेछ । लगनशीलताले फाइदा दिलाउनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

जिम्मेवारीले व्यस्त बनाउनेछ तर शरीरमा कमजोरी अनुभूति हुनेछ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । आकस्मिक समस्याले चिताएको काम रोकिनेछ भने मनमा निराशा छाउनेछ । गोपनीयता बाहिरिनाले पनि समस्या पर्न सक्छ । फजुल खर्चले अर्थ संग्रहमा बाधा पुग्नेछ । काम दोहोर्याउनुपर्ला । अरूका लागि बुद्धि खर्चनुपर्नेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

बिछोडिएका आफन्तजनसँग रमाइलो भेटघाट हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । परिवारजनको साथले उत्साह जगाउनेछ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । व्यापार र पेसामा राम्रै फाइदा हुनेछ । रमाइलाे यात्रा हुनुका साथै स्वादिष्ट खानपानकाे समेत आनन्द प्राप्त हुनेछ । दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

परिस्थितिसँग सम्झौता गर्नुपरे पनि मिहिनेतले विभिन्न अवसर दिलाउनेछ । बुद्धिकाे उपयाेगले प्रतिष्ठा जोगाउन सफल भइनेछ । द्वितीय प्रहरदेखि नयाँ काम प्रारम्भ हाेला । प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्य फाइदा उठाउन सकिनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ । पुरुषार्थले शत्रुको मनोबल कमजोर पार्न सकिनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

बिहान घरेलु काममा अलमलिनुपरे पनि दिन उपलब्धिमूलक रहनेछ । अध्ययनको नतिजा राम्रो आउनेछ । काममा शुभचिन्तकहरूको साथ–सहयाेग जुट्नेछ । पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । अभिव्यक्ति र लेखन कलामा पनि निखारता आउनेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

परिस्थितिको चक्रमा अलमलिनुपर्दा काममा समय लाग्नेछ । अवसरका लागि परिस्थितिसँग सम्झौता गर्नुपर्ने हुन सक्छ । हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ । बेसुरमा बोल्ने बानीले दु:ख पाइनेछ । विशेष योजना सार्वजनिक नगर्नुहोला । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

नयाँ काम प्रारम्भ गर्ने समय छ । मिहिनेतले दिगो फाइदा दिलाउनेछ । पहिलेको उपलब्धिले उत्साह जगाउनेछ । सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । उद्योग र व्यापारमा फाइदा हुनेछ । छोटो समयमै प्रतिफल पाइनेछ । प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन् । प्रयत्न गर्दा नाम, दाम र इनाम प्राप्त हुने समय छ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

मिहिनेतले मानसम्मान दिलाउनेछ । अध्ययनमा प्रगति हुनुका साथै बौद्धिक क्षमतामा निखारता आउनेछ । विचारले प्रशंसकहरू बढ्नेछन् । बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ । सानो प्रयत्नले ठूलाे काम बन्नेछ । सहयोगीहरूले साथ दिनेछन् । तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

कामना पूर्ण हुनेछ र स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । लक्ष्यअनुसार समयमै काम बन्नेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो हुनेछ । नयाँ कामतर्फ विशेष अवसर प्राप्त हुनेछ । पहिलेको सफलताले पनि हौसला जगाउनेछ । व्यापारमा फाइदा हुनेछ । प्रेम र मित्रताको बन्धन पनि कसिनेछ । परम्परालाई समयसापेक्ष सुधार गर्न सफल भइनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ । परिवारजनबाट टाढिनुपर्ला। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । दिगो योजनाका लागि ऋण लिनुपर्ने आवश्यकता पर्न सक्छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । अरूकाे करकापमा काम गर्दा हानि हुन सक्छ । आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने समय रहेकाले चनाखो रहनुहोला ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ । दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ । थोरै लगानीबाट मनग्य नाफा उठाउन सकिनेछ । परिश्रमको फल प्राप्त हुनुका साथै आयआर्जनका स्रोत बढ्नेछ न्। व्यापार तथा साझेदारीमा लाभ हुनेछ । मिहिनेत गर्दा काममा अनुमानभन्दा बढी फाइदा उठाउन सकिनेछ । लाभांशबाट अरूको समेत सेवा गर्न सकिनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ । सामाजिक काम गर्ने अवसर प्राप्त हुनेछ । मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । आफ्नो क्षेत्रमा दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलवार ०७:२१   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।