मेष: ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्। मेहनत गर्दा अवसर भने पाइनेछ। आस्था बढ्नेछ । परोपकार आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ ।
वृष:( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
महत्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ। काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्ने हुन सक्छ । धार्मिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा कष्ट हुन सक्छ ।
मिथुन: (का, कि, कु, घ, ङ, छ, के, को, हा )
यात्रा गर्ने अवसर जुट्न सक्छ । वाणीमा कुशलता आउने योग परेको दिन छ । प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। घरपरिवारको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ। श्रमको उचित मूल्याङकनका साथै आम्दानीमा बृद्दि हुने छ
कर्कट: (हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यात्राको अवसर जुट्ने छ । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत बाधिन सक्छ। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पनि मिल्नेछ । कठिन परिस्थितीको सामना गर्नु पर्ने छ।
सिंह:( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
काम गर्दा केही खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ। असन्तुलित खानपानले पेटको समस्या आउने समय छ।
कन्या: ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
प्रेमी र प्रेमिकाका बिच सम्बन्ध बिग्रिन सक्छ ।प्रसंशा र मानसम्मान समेत पाइनेछ। । सहयोगीहरू जुट्नाले व्यवसायबाट प्रशस्त फाइदा लाभ उठाउने मौका रहेको छ।
तुला: ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
रोकिएका कामहरु बन्ने छन् ।आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने योग रहेको छ। प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ। अलि खर्च हुने देखिन्छ ।
वृश्चिक: ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
रोकिएका काम पुनः सुरु हुनेछन् । आप्m्ना कमजोरी सच्याउने मौका मिल्नेछ। धार्मिक, सामाजिक महत्त्वको क्षेत्रमा भ्रमण हुनसक्छ ।। व्यापार ब्यबसायबाट लाभ प्राप्त हुनेछ ।
धनु : ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आजको दिन मनोरञ्जनपूर्ण रहने छ । बिग्रिएका काममा सुधार आउन सक्छ । समुदायको हितमा गरिएका कामको तारिफ मिल्ने छ।
मकर: ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आफूमा भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ने छ ।मेहनतले महत्वपूर्ण काम बन्न सक्छ। मानप्रतिष्ठा पनि पाइनेछ।
कुम्भ: ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
अध्ययन अध्यापनमा मन जानेछ । बोलीको प्रभावले मन जित्नुका साथै सजिलै काम बनाउन सकिनेछ। रमाइलो यात्राको योग रहेको छ। व्यापारमा विशेष सफलता हात लाग्नेछ ।
मीन: ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
रचनात्मक कार्यमा प्रगति हुने देखिन्छ । दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ।





















प्रतिक्रिया