Logo

धर्म / संस्कृति

राष्ट्रपति भण्डारीले लगाइन् भाइ डेकेन्द्रलाई टीका



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना भाइ डेकेन्द्र पाण्डेलाई भाइटीका लगाइदिएकी छन् । भण्डारीले शनिबार राष्ट्रपति निवास, शितल निवासमा आफ्ना भाई डेकेन्द्रलाई उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा भाइटीका लगाइदिएकी हुन् ।

यस्तै‚ राष्ट्रपति भण्डारीले भाइ डेकेन्द्रको हातबाट भाइटीका ग्रहण गरेकी छन् । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै टीका लगाइदिन्छन् । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाउने प्रचलन छ ।

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार १६:२६   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।